‘हाम्रो प्रधानमन्त्री पनि यस्तै सहयोगी हुनुहुन्छ’



सुनिरहेको एउटा जोक छ:
अन्नपात र लुगाफाटा मुसाले धुलो पारेर हैरान भएको किसान पसलमा औषधि किन्न पुग्छ । हातमा औषधि लिएर उसले पसलेलाई सोध्छ, ‘यसले पक्कै मुसा मर्छ नि ?’ “किन नमर्नु ? पक्का मर्छ ।” पसले जबाफ फर्काउँछ ।

यसअघि उसैसँग किनेका औषधिले काम नगरेको र मुसाले झन बढ़ी क्षति गरेकाले ऊ अलि बढ़ी हतास र शङ्कालु देखिन्छ । फेरि सोध्छ, ‘अस्तिको जस्तै यसले पनि मुसा मरेन भने ?’ पसले ढुक्कसँग उत्तर दिन्छ, “मरेन भने मुसा समातेर मकहाँ ल्याउनु, मैं मारिदिन्छु !” बिचरा सोझो किसान मख्ख पर्छ र पसलेको उदारता र सहयोगी भावनाको गुणगान गाउँदै घर फर्किन्छ ।

हाम्रो प्रधानमन्त्री पनि यस्तै सहयोगी हुनुहुन्छ । भन्नुहुन्छ, ‘खान नपाएको कोही भेट्नुभो भने हामीकहाँ ल्याउनुस्, सरकारले खुवाउँछ ।’ ‘बेरोजगार कोही भेट्नुभो, घर नभएर सड़कमा बस्नु परेको कोही भेट्नुभो भने ल्याउनुस्, सरकारले तिनको उद्धार गर्छ ।’

पसलेको कुरो जोक भए पनि घरघरमा पाइपबाट ग्यास र कलकत्तासम्म पानीजहाजको टिकट यसै गरी काटिएकाले र पोलपोलमा तस्बीर टाँसेर नयाँ युगको घोषणा गरिसकिएकाले आशा गरौँ, तलको चाहिँ पक्कै जोक हुने छैन । भयो भने ? यसको जबाफ त उही पसलेले मात्रै दिन सक्छ ।

नारायण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण

सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा