कोरोनालाई जितेर फर्किए कैलाली लम्कीचुहाका २१ वर्षीय युवक



काठमाडौं । कोरोना संक्रमित कैलाली लम्कीचुहाका २१ वर्षीय युवक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

कोरोना भाइरस संक्रमण देखिएपछि १६ दिनअघि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । प्रतापपुरको क्वारेन्टाइनमा रहेका उनको रिपोर्ट पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोना महामारी फैलिएपछि उनी भारतको मुम्बइबाट घर फर्किएका थिए ।

अब २७ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनबाट आएका एक जना केही समयअघि डिस्चार्ज भएका थिए भने शनिबार दुई जना निको भएर डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।