दोस्रो कोरोना संक्रमित विरामी अस्पतालबाट डिस्चार्ज



काठमाडौं । दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

काठमाडौंकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । उनीसँगै नेपाल आएका बागलुङका अरु दुई जनालाई पनि कारोना संक्रमण भएको छ । उनीहरुको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि चीनबाट एक नेपाली पनि निको भएर घर फर्किसकेका छन् । तीन जना कोरोना संक्रमित मध्ये अब २८ जना अस्पतालमा उपचाररत छन् । शुक्रबार उदयपुुरमा कोरोना संक्रमण देखिएका १२ जनालाई कोशी अस्पताल विराटननगरमा भर्ना गरिएको छ । उनीहरुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।