उदयपुरमा १२ र चितवनमा दुई गरी १४ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एकैदिन १४ जना संक्रमित थपिई नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको जनाएको हो ।
मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन् । उदयपुरमा संक्रमण पुष्टि भएकामा सबै पुरुष छन् । उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष छ ।