अहिलेसम्म देशभर कोरोनाको २४ हजार २ सय ५३ वटा नमुना परीक्षण



काठमाडौं । सरकारले हालसम्म करिब २५ हजारको कोरोना भाइरसको परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट १६ हजार ५ सय ६५  र पीसीआर विधिबाट ७ हजार ६ सय ८८ वटा गरी कुल २४ हजार २५३ वटा परीक्षण गरिएको जनाएको हो ।

शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८ सय २२ वटा परीक्षण गरिएको जानकारी दिए । उनले र्यापिड डाइग्नोस्टिक टेस्टबाट गरिने परीक्षण सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लाबाट सुरु भइसकेको पनि बताए ।

देशभर ४ हजार ६०७ जना क्वारेन्टाइनमा रहेका र परीक्षण गरेर पठाइएसँगै उनीहरूको संख्या घट्दै गइरहेको प्रवक्ता देवकोटाको भनाइ छ । शुक्रबारसम्म देशभर कुल ९० जना आइसोलेसनमा रहेका छन् । तीमध्ये काठमाडौंमा ५ जना र काठमाडौंबाहिर ८५ जना रहेका मन्त्रालयले जनाएको छ ।

यस्तै प्रवक्ता देवकोटाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीएमएसमा अध्ययनरत ३४ जना चिकित्सकलाई सूदुरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट परिचालान हुने गरी प्रदेशका अस्पतालहरुमा खटाउने गरी पठाइएको बताए । उनले चिकित्सकहरु आजै हवाइजहाज मार्फत धनगढी पुगिसकेका जानकारी दिए । सूदुरपश्चिम पद्रदेशमा भारतबाट आउने नेपालीहरुको संख्या धेरै भएको र जोखिम बढी देखिएकाले चिकित्सकहरु पठाइएको उनले बताए ।

यस्तै परीक्षणको दायरा बढाउन ललितपुरको पाटन अस्पतालमा समेत पीसीआर मेसिन जडान गरिएको उहाँले बताउनुभयो । यससँगै देशभर कुल १४ ठाउँबाट पीसीआर प्रविधिबाट कोरोना भाइरस परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताए ।
यसबाहेक सरकारले गत साता ५÷५ हजारका दरले र्यापिड डाइगोनेस्टिक किट प्रत्येक प्रदेशमा पठाइएकोमा अहिले आवश्यकता अनुसार थप ३० हजार भन्दा बढी किट पठाइएको बताए । यससँगै करिब ७० हजारको संख्यामा र्यापिड किट प्रदेशमा पठाइसकेको प्रवक्ता देवकोटाले बताए ।

यस्तै आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरु सबैको पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नेगेटिभ देखिएको उनले बताए । यस्तै केहीको परीक्षणको क्रममा नै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई

सरकारले मकुना मृत्यु छानबिन गर्न बनायो समिति गठन

  काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी

आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान