शुल्क सकिएपनि लकडाउनमा सेवा नकाट्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनको समयमा इन्टरनेटको पैसा सकिए पनि सेवा नकाट्न निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार सूचना जारी गरी कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन तथा रोकथामका लागि नेपाल सरकारबाट मुलुकभर लकडाउन गरिएको हालको विषम् परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नुपर्नेमा केही इन्टनेट सेवा प्रदायकहरुले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो प्राप्त भएको भन्दै सेवा अवरुद्ध नगर्न निर्देशन दिएको जनाएको छ ।

“बन्दाबन्दीको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्न जाने भएकाले सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्नु हुन र यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टर्नेट सेवासमेत बन्दाबन्दी अवधिभर निरन्तर सञ्चालन हुने गरी बन्दाबन्दीपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउन सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायकहरु (प्रमुख दूरसञ्चार सेवा प्रदायकहरुलगायत) लाई निर्देशन जारी गरिएको ब्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।“ प्राधिकरणको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

हेटौंडामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा बिहीबार एक युवकको मृत्यु भएको

होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ५५ जना पक्राउ

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले आज ५५ जनालाई

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद