अनि हामीले भन्नुपर्ने ‘प्रहरी मेरो साथी’ !



बुधबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका चिकित्सकमाथि प्रहरीले कुटपिट गर्यो । कुटाई खानेमा थिए शिक्षण अस्पतालका आवासीय चिकित्सक शम्भु खनाल, तेजप्रकाश साह र विकास शाह । आफूहरु चिकित्सक भएको बताउँदा बताउँदै पनि प्रहरीले उनीहरुलाई छाडेनन् । पिट्ने प्रहरीको मोर्चा सम्हालेका थिए महाराजगंज बृत्तका डिएसपी उमेश लम्सालले ।

चिकित्सकलाई पिट्दा लम्साल पनि त्यहीं रहेका चिकित्सकले बताएका छन् । घटनापछि चिकित्सक आन्दोलित भए । चिकित्सक संघले यस्तै रबैया रहने भए देशभरको स्वास्थ्य सेवा प्रभावित हुने भन्दै चेतावनी दियो । त्यसपछि प्रहरी दोषीलाई कारबाही गर्छौं भन्न बाध्य भयो र लम्साललाई जिम्मेवारीबाट हटायो । अनि तीन सदस्यीय छानबिन समिति बनाएको छ ।

यो घटना त चिकित्सकमाथि भएकाले प्रहरी केही हच्कियो । प्रहरीले कति अमानवीय काम गरेको छ भन्ने कुरा सामाजिक संजालमा देखिने दृष्यबाट स्पष्टै हुन्छ । यो घटना त चिकित्सकमाथि भएको थियो र पो सुनियो । खै त सर्वसाधारणमाथि हुने यस्ता घटना रोक्न र त्यसमा संलग्न प्रहरीमाथि कारबाही भएको ?

पहिलो चरणको लकडाउनको सुरुवातमै सप्तरीको बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरीले यसरी कुटेको दृष्य देखियो कि प्रहरीमा मानवता छैन ।

हेर्नुस् त भिडियो

यो घटनापछि प्रहरीको नेतृत्वले आफूलाई केही सुधार गर्छन् कि भन्ने अपेक्षा थियो तर त्यसपछि झन् क्रुर अमानवीय घटना बढ्दै गएका छन् ।
अर्को घटना बैशाख दुई गते धादिङको सदरमुकाम धादिङबेसीमा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले एक मोटरसाइकल चालक युवामाथि लाठी बर्षाएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । महिला प्रहरी सहायक निरीक्षक (असई)ले मोटरसाइकल चालकलाई लाठीले प्रहार गर्दै गरेको भिडियोमा देखिन्छ । घटनारविचार डटकमले राखेको यो भिडियो हेर्नुस् त

धादिङबेसीमा मोटरसाइकल चालकलाई प्रहरीले कुटेको भिडियो भाइरल

अर्को घटना काठमाडौं कलंकीको छ । बिहीबार(आज) औषधि बोकेकी महिलामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । हेल्थ पाटी डटकमले अपलोड गरेको भिडियो हेर्नुस् त

लकडाउन कुनै कफ्र्यू होइन ताकि आन्दोलनकारी ढुंगामुढा गर्न आउनेछन् । मानिस बाध्यतामा परेर त निस्कन्छ । सम्झाउने, बुझाउने पो हो त ।  यदि जनता साँच्चै प्रतिकारमा उत्रिए भने नि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललिता निवास जग्गामा विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार पुग्यो सर्वोच्च

काठमाडौं । ललिता निवासको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम

साढे ६ खर्बको घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब

अहिले राष्ट्रियतामाथि खतरा छ : खनाल

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल