सीमा नाकामा आठ हजार भन्दा बढी सशस्त्र प्रहरी परिचालन



काठमाडौं । छिमेकी देश भारतमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सीमा क्षेत्रा कडाई गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई थप सुदृढ गर्न संख्या थप गर्न लगाएका हुन् ।

भीआईपीसहित विभिन्न ठाउँमा पठाएका प्रहरीलाई कटौती गरेर सीमासहित समवेदनशील क्षेत्रमा खटाउन गृहमन्त्रीको निर्देशन वमोजिम आठ हजारभन्दा बढी सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाइएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

जसमा प्रदेश एकमा खटाउनका लागि मुख्यालयले बराह वाहिनी मुख्यालय सुनसरीमा एक हजार पाँच सय ४९, प्रदेश दुईको छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा तीन हजार दुई सय ६२, प्रदेश पाँचको विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीमा दुई हजार चार सय २०, सुदूरपश्चिम प्रदेशको वैद्यनाथ वाहिनी मुख्यालय कैलालीमा एक हजार एक सय १५ जना खटाइएको छ ।

यस्तै वाग्मती प्रदेश र गण्डकी प्रदेशमा क्रमशः १९ र १८ मात्र खटाइएको छ । यसरी जम्मा आठ हजार आठ सय ८३ जना थप सशस्त्र प्रहरी कोरोनाका विरुद्ध सीमा र समवेदशील क्षेत्रमा खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई