नेपाल फर्किन चाहने प्रवासी नेपालीहरुलाई शर्तसहित घर फर्किन दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले नेपाल फर्किन खोजेका प्रवासी नेपालीहरुलाई क्वारेन्टाईनको शर्तसहित व्यवस्थित रुपमा घर फर्किन दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्दारका लागि आवश्यक गृहकार्य गर्न आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाईपछि जारी आदेशमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई नियन्त्रण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई ध्यानमा राख्दै उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ ।’

त्यसैगरी विदेशमा रोजगारीमा रहेकाहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत् कूटनीतिक पहल गर्न भनिएको छ ।

लुइँटेलसहितले विदेशमा रोजगारीका लागि गएका नेपालीहरु कोरोनाको महामारीका कारण समस्यामा परेको भन्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतले यसअघि विदेशमा रहेका र सीमानाकामा अलपत्र रहेका नेपालीहरुलाई स्वदेश ल्याउन र ल्याउन नसके सम्बन्धित देशमै उचित प्रबन्ध गर्न आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका