श्रमिक वर्गको मानव अधिकारको रक्षा गर्न सरकारलाई आयोगको आग्रह
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लकडाउनका कारण अलपत्र परेका सीमान्तकृत तथा श्रमिक वर्गको मानव अधिकारको रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले बिहीबार विज्ञप्ती जारी गरी लकडाउनका कारण सीमान्तकृत तथा श्रमिक वर्ग समस्यामा परेकाले उनीहरुको मानवअधिकार रक्षा गर्न आग्रह गरेको छ ।