चीनसँग जीटुजी प्रक्रियाबाट औषधि ल्याउने उच्चस्तरीय समितिको निर्णय



काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाईका साथ कार्यान्वयन गराउने भएको छ । बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले व्यक्तिहरुको आवतजावतलाई कडाई गर्दै प्रहरी प्रशासनबाट कडीकडाई गराउने निर्णय गरेको हो ।

बैठकले बढी भन्दा बढी कोरोनाको परीक्षणमा जोड दिने निर्णय गरेको छ । त्यस्तै औषधिजन्य पदार्थ निजी क्षेत्रबाट आयात गर्दा प्रोत्साहन गर्ने र सरकारले जीटुजीबाट औषधिहरु ल्याउने निर्णय गरेको र प्रकृया पनि अघि बढेको समितिका प्रवक्ता एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

आपूर्तिलाई सहज बनाउन भन्सार नाकालाई सुरक्षित र व्यवस्थित बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताललाई तत्कालका लागि कोरोना बिशेष अस्पताल बनाउने निर्णय पनि गरेको बिडारीले जानकारी दिए ।

मुलुकको आन्तरिक र अन्तराष्ट्रिय उडानलाई ३० तारिखसम्म स्थगन गर्ने निर्णय बैठकले गरेको छ भने अफगानिस्थानमा यूएनमा रहेका कर्मचारीलाई अफगानिस्थानको आग्रहमा उपयुक्त ढंगबाट नेपाल ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य