पछिल्लो २४ घण्टामा करिव तीन हजारको नमुना परीक्षण



काठमाडौं । काठमाडौंको पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा तीन जनामा पोजेटिभ पाइएको थियो । त्यसपछि पुनः टेकुमा परीक्षण गर्दा दुई जनामा मात्रै कोरोना पुष्टि भएको छ । यस्तै बेलायतबाट आएका ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । ती मध्ये एक जना निको भएर घर फर्किसकेका छन् । अरु सबैको अवस्था सामान्य रहेको डा देवकोटाको भनाइ छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९४ जनाको परीक्षण गरिएको उनले बताए । यस्तै बुधबारसम्म स्वाव नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार ८ सय ७१ जनाको परीक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ८ हजार ९ सय २९ वटा परीक्षण भएका छन् । उनका अनुसार हालसम्म १५ हजार ८ सय कोरोना परीक्षण सम्पन्न भइसकेको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिहरुको र्यापिड किटबाट परीक्षण गर्ने कार्यलाई तिब्रता दिएको समेत प्रवक्ता देवकोटाले बताए । अब र्यापिड किटबाट परीक्षण गर्न १४ जिल्ला बाँकी रहेको उनले जानकारी दिए ।

प्रदेश १ मा ७ वटा जिल्ला, प्रदेश २ मा ३ वटा जिल्ला, गण्डकी प्रदेशमा १ वटा जिल्ला, प्रदेश ५ मा १ वटा र कर्णाली प्रदेशमा २ वटा जिल्लामा परीक्षण गर्ने व्यवस्था मिलाउन आझै बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा