अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ । कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने बताएको हो ।
यस्तै बैशाख ३ गते बुधबार देखि नै यो व्यवस्था लागू भइसकेको समेत सूचनामा उल्लेख छ । प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो ।
गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्याधिक माग बढेको र यसले लकडाउनको उल्लङ्घन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागी हुन बाहेकका लागि पास वितरण नगर्ने निर्णय गरेको हो ।