वायु सेवा निगमका कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त



काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव घिमिरेलाई निगमका अध्यक्षमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि तीन महिनादेखि निगमको कार्यकारी अध्यक्ष पद रिक्त थियो । नवनियुक्त घिमिरे यसअघि पनि पर्यटन सचिवको जिम्मेवारीमा रहँदा निगम सञ्चालक समिति अध्यक्ष बनेका थिए ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले नेतृत्व सम्हालेपछि निगमको व्यवस्थापन सुधारका लागि पूर्वसचिव घिमिरेकै नेतृत्वमा गत साउन २२ गते पाँच सदस्यीय निगम सुधार कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले असोज १ गते निगम सुधारका लागि विस्तृत प्रतिवेदन मन्त्रालयलाई बुझाइसकेको छ । कार्यदलको प्रतिवेदनमा निगम सुधारका लागि रणनीतिक साझेदार भित्र्याउनेदेखि निगमलाई पब्लिक कम्पनीमा लैजान र सर्वसाधारणदेखि विभिन्न संस्था, निकायलाई पनि शेयर जारी गर्न सुझाएको थियो । त्यस्तै लेखा प्रणाली र वित्तीय पुनर्संरचना सुधार, रणनीतिक साझेदार तुरुन्तै ल्याउन, गन्तव्य विस्तारलगायत १३ वटा तत्कालीन रणनीतिको सुझाव दिएको थियो ।

घिमिरेले यसअघि सञ्चार मन्त्रालयमा रहँदा नेपालको दूरसञ्चार प्राधिकरणलाई निजी क्षेत्रमा लैजान पनि भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसदीय सुनुवाई समितिबाट सुवेदी र चुँडालको नाम सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको