अहिलेसम्म १२ हजार ९ सय ६ वटा नमुना परीक्षण



काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या बढेसँगै परीक्षणको दायर फराकिलो बनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबारसम्म स्वाव नमुना परीक्षण (पिसिआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा मा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् ।

र्यापिड डाइग्नोष्टिक विधि (आरडिटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् । अहिलेसम्म दुबै विधिबाट गरी जम्मा १२ हजार ९ सय ६ वटा नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा मात्रै मा १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तिव्रता दिइएको छ । देशभरी नै किट वितरण गरिएपनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको देवकोटाले जानकारी दिए । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ ।

पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको हो । बेलायतबाट आएका एकै परिवारका तीन जनामा बैशाख १ गते आरडीटी (र्यापिड डाइग्नोष्टिक) विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

पाटन अस्पतालमा पिसिआर विधि (स्वाव नमुना परीक्षण) बाट थप परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको देवकोटाले बताए । एक जनाको रिपोर्ट आउन भने बाँकी रहेको छ ।

उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको उनले बताए । अहिले कैलालीमा ५, वीरगञ्जमा ४, बागलुङमा २ जनाको उपचार भइरहेको छ । यसैगरी राष्ट्रिय प्रयोगशाला टेकुमा २ र पाटन अस्पतालमा २ जनाको उपचार भइरहेको छ । एकजना उपचारपछि घर फर्किसकेका छन् । र्यापिड टेस्ट सुरु हुन २१ जिल्ला मात्रै बाँकी रहेको प्रवक्ता देवकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड