थप दुई जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १४ पुग्यो



काठमाडौं । नेपालमा थप दुई जना कोरोना संक्रमित फेला परेका छन् । कैलालीकी ६५ वर्षीया महिला र रौतहटका १९ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुका कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन । सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगंजमा तीनजना तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

मन्त्रालयका अनुसार हाल ५२ जिल्लामा र्यापिट किटबाट परीक्षण भइरहेको छ । अहिले ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा, १०३ आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै २ सय २६ जना रेड जोनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा