‘यो तपाईं हाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो !’



फेरि एक पटक एउटा बर्ष ( वि सं २०७६ ) वितेर अर्को बर्ष ( २०७७ ) शुरू भएको छ! अर्थात् हाम्रो जीवनको ३६५ दिन वा ८,७६० घण्टा वा ५२५,६०० मिनेट वा ३१,५३६,००० सेकेण्ड सकिएको छ; हामी त्यति नै समयले मृत्यु नजिक हुँदैछौं! यो तपाईं हाम्रो इच्छानिरपेक्ष भैरहने प्रकृतिको नियम हो!

ब्रह्माण्डको एक मात्र चेतनशील प्राणी (अहिलेसम्म थाहा भए अनुसार ) हुनुको नाताले यो समय हामीले मानव र प्रकृतिको सर्वोत्तम हितमा लगाउन सक्छौं! तर गत बर्ष हामीले सामुहिक रूपमा र हाम्रा शासकहरूले विशिष्ट रूपमा गरेका गल्ती र वदमाशीका कारणले हामीलाई प्रकृतिले हाम्रो जीवनकालको सबभन्दा ठूलो दण्डको रूपमा कोरोना भाइरसको महामारी दियो! त्यसमाथि हाम्रो देशका ‘कम्युनिस्ट’को खोल ओढेका आसेपासे पुँजीवादी शासकहरूले थप करप्सन भाइरसको महामारी हामीमाथि थोपरे!

नेपाली इतिहासमा ७ अंक पछाडि जोडिएको बर्ष प्राय: उथलपुथलपूर्ण रहदै आएको छ! यो बर्ष त दुइवटा सात ७७ भएको बर्ष हुनाले महाउथलपुथलकारी बर्ष हुनसक्छ! देश कोरोना भाइरस र करप्सन भाइरस मुक्त होस्! सबैको भलो होस्! हार्दिक शुभकामना!

डा. बाबुराम भट्टराई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गैरव्यवसायिक क्रियाकलाप गरेको भन्दै सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि