न्यून आय भएका नागरिकलाई विशेष सहयोग गर्न सरकारलाई सुुझाव



काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र कानुुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफे बीच आइतबार छलफल भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति, सरकारले चालेका कदमहरु र संघीय संसदले खेल्न सक्ने भूमिकाका विषयमा केन्द्रित रहेको थियो ।

छलफलमा सभामुुख सापकोटा र अध्यक्ष तिमिल्सिनाले सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका गरिरहेका कामहरु उपयुक्त रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वयकारी भूमिका खेल्न सुुझाव दिए ।
उहाँहरुले न्यून आय भएका, दैनिक ज्यालादारी मजदुरका विषयमा गम्भीर हुन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन पनि सरकारलाई सुुझाव दिए ।
काननुनमन्त्री तुम्बाहाङफेलाई चैत्र २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् ।

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा १० हजारको एकैदिन एन्टिजेन परीक्षण गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकैदिन

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा

नेपाल राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीको तेश्रो स्थानमा

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा