‘खुला सामरिक लेख रचना प्रतियोगिता’मा भाग लिन सेनाको आह्वान



काठमाडौँ । नेपाली सेनाले खुला सामरिक लेख रचना प्रतियोगिता २०७७ का लागि सार्वजनिक सूचना प्रकाशित गरी भाग लिन आह्वान गरेको छ ।

नेपाली सेनाले आइतबार सूचना प्रकाशित गरी इच्छुक व्यक्तिलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको हो । लेखरचना राजनीतिक गैरराजनीतिक हुनुपर्ने, ३५ सयदेखि पाँच हजार शब्दसम्मको हुनुपर्ने, अंग्रेजी वा नेपाली भाषामा मात्र लेख्नुपर्ने, मौलिकतामा जोड दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै लेखरचना राष्ट्रियता र राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र विकास, सैनिक नागरिक सम्बन्ध, नेपालको सामरिक महत्व, बदलिदो सुरक्षाका आयाम, सैनिक कूटनीति, खेलकुद तथा प्रविधिसँग सम्बन्धित हुनुपर्ने सेनाले उल्लेख गरेको छ । प्रतियोगितामा भाग लिन चाहनेले आगामी साउन मसान्तसम्म आवेदन दिनुपर्नेछ ।

त्यसैगरी भदौ १५ गतेसम्ममा शीर्षक तय गरेर लेख लेख्न लगाइने र २०७७ माघ १ गतेसम्म लेख बुझाउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेले दुई लाख रुपैयाँ पुरस्कार पाउने छन् भने दोस्रोले एक लाख ५० हजार र तेस्रोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् तथा सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई