कोरोना रोकथामका लागि प्राथमिकताका आधारमा छिटो औषधि खरिद गरिने



काठमाडौं । सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चाहिले स्वास्थ्य सामग्री चाँडो खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामान तत्काल खरिद गर्नका लागि स्वास्थ्य सेवा बिभागले प्रक्रिया अघि बढाइसकेको र सरकारबाट पनि जिटुजी प्रक्रियाबाट प्राथमिकताका सामान खरिदका लागि अघि बढिसकेको जानकारी दिएको हो ।

सेन्टरले विभिन्न चीन, भारत लगायत ५ देशबाट आवश्यकताका आधारमा सामग्री खरिद गर्न सक्नेगरि काम भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिभिन्न देशसँग कुरा भइरहेको र अन्य देशले सक्ने सामान प्राथमिकताका आधारमा भित्राइने बताए । देशभर हालसम्म २९ हजार ३ सय ८९ क्वारेन्टाइन बेड बनाएको सेन्टरले जनाएको छ । उनका अनुसार तीन हजार १ सय १४ आइसोलेसन कक्ष निर्माण भएका छन् ।

८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका र ८२ जना आइसोलेसनमा भर्ना भएका प्रवक्ता देवकोटाले जानकारी दिए । देशभरका बिभिन्न १३ स्थानबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको, वीरेन्द्र सैनिक अस्पताल छाउनीको मेडिकल टोलीबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीका सम्बन्धीत व्यक्तिलाई तालिम दिइएको देवकोटाले बताए ।

आपूर्तिलाई व्यवस्थालाई सहजीकरण गर्न उद्योग मन्त्रालय र औषधीजन्य सामाग्रीहरु खरिदका लागि रक्षा मन्त्रालयलाई जिम्मा दिइएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सेन्टरले लकडाउन (बन्दाबन्दी) उल्लंघन गर्ने ५७ हजार ३ सय १३ जनालाई प्रहरीले कारबाही गरेको क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ । लकडाउनको अवधीमा ३२ हजार ७२४ सवारी साधन नियन्त्रणमा लिएको तथा कारबाही गरिएकामध्ये ५७ हजार ३ सय २ सर्वसाधारण र २७ हजार ४ सय ४२ सवारीलाई प्रक्रिया पुर्याएर छाडिएको समितिले जानकारी दिएको छ । समितिले लकडाउनपश्चात् विभिन्न स्थानमा अड्किएका ४ हजार ४६ जना पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइ सम्बन्धित देश पठाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ, प्रतीक्षा गरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली

बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

ओलीमा राजा ज्ञानेन्द्रको दोस्रो अवतारः वरिष्ठ नेता नेपाल

झापा । नेपाल कम्यूनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी

सुर्तीजन्य पदार्थमा राजस्व बढाउन सरोकारवालाको सुझाव

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ