कोरोना रोकथामका लागि प्राथमिकताका आधारमा छिटो औषधि खरिद गरिने



काठमाडौं । सरकारले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चाहिले स्वास्थ्य सामग्री चाँडो खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सामान तत्काल खरिद गर्नका लागि स्वास्थ्य सेवा बिभागले प्रक्रिया अघि बढाइसकेको र सरकारबाट पनि जिटुजी प्रक्रियाबाट प्राथमिकताका सामान खरिदका लागि अघि बढिसकेको जानकारी दिएको हो ।

सेन्टरले विभिन्न चीन, भारत लगायत ५ देशबाट आवश्यकताका आधारमा सामग्री खरिद गर्न सक्नेगरि काम भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिभिन्न देशसँग कुरा भइरहेको र अन्य देशले सक्ने सामान प्राथमिकताका आधारमा भित्राइने बताए । देशभर हालसम्म २९ हजार ३ सय ८९ क्वारेन्टाइन बेड बनाएको सेन्टरले जनाएको छ । उनका अनुसार तीन हजार १ सय १४ आइसोलेसन कक्ष निर्माण भएका छन् ।

८ हजार ८२ जना क्वारेन्टाइनमा रहेका र ८२ जना आइसोलेसनमा भर्ना भएका प्रवक्ता देवकोटाले जानकारी दिए । देशभरका बिभिन्न १३ स्थानबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको, वीरेन्द्र सैनिक अस्पताल छाउनीको मेडिकल टोलीबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीका सम्बन्धीत व्यक्तिलाई तालिम दिइएको देवकोटाले बताए ।

आपूर्तिलाई व्यवस्थालाई सहजीकरण गर्न उद्योग मन्त्रालय र औषधीजन्य सामाग्रीहरु खरिदका लागि रक्षा मन्त्रालयलाई जिम्मा दिइएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सेन्टरले लकडाउन (बन्दाबन्दी) उल्लंघन गर्ने ५७ हजार ३ सय १३ जनालाई प्रहरीले कारबाही गरेको क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ । लकडाउनको अवधीमा ३२ हजार ७२४ सवारी साधन नियन्त्रणमा लिएको तथा कारबाही गरिएकामध्ये ५७ हजार ३ सय २ सर्वसाधारण र २७ हजार ४ सय ४२ सवारीलाई प्रक्रिया पुर्याएर छाडिएको समितिले जानकारी दिएको छ । समितिले लकडाउनपश्चात् विभिन्न स्थानमा अड्किएका ४ हजार ४६ जना पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याइ सम्बन्धित देश पठाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्माण भएको तीन वर्षपछि प्रयोगमा आउँदै ‘धनगढी सभागृह’

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण भएको झण्डै तीन वर्षपछि धनगढी

राजावादीको गतिविधि बढेको विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ

महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि नै छः सभापति देउवा

पाटन (ललितपुर) । कांग्रेस सभापति  शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ