लकडाउनमा पनि विरामीका लागि सहज बनेको छ पूर्वाञ्चल क्यान्सर अस्पताल



झापा । मोरङको उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी छिन् । यसअघि भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराउँदै आएकी उनी बन्दाबन्दीका कारण भारत जान सम्भव थिएन । नेपालका अस्पतालमा डाक्टर नभेटिएलान् कि भन्ने उहाँको चिन्ता थियो तर आइतबार उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा बहिरङ्ग सेवामै डाक्टर भेटिन् र उपचार पाइन् ।

झापाकै कमल गाउँपालिका–२ की ६४ वर्षीया प्रेमकुमारी खतिवडाको नाकमा मासु पलाएपछि क्यान्सरको पहिलो चरण भएको पत्ता लाग्यो । बन्दाबन्दीले नियमित उपचारमा कठिनाइ होला कि भन्ने उनलाई पनि चिन्ता थियो । आइतबार विर्तामोडसम्म मोटरसाइकलमा बसेर सोही अस्पताल आउँदा पहिले झैं सबै डाक्टर उपचारमा तल्लिन रहेको उनले देखे । आएको केहीबेरमा उनको रेडियसन दिने पालो मिल्यो ।

प्रदेश नम्बर १ र २ का क्यान्सर बिरामीका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल अहिले सहज र भरपर्दो उपचारको केन्द्र बन्दै गएको छ । विदेशमा यस अघि उपचार गराइरहेकासमेत कोरोना भाइरसको रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा नजिकको यही अस्पताल धाउन थालेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर एवम् अङ्कोलोजिस्ट डा वीरेन्द्र यादवले बन्दाबन्दीमा एक दिन पनि अस्पताल बन्द नरहेको बताए । उनले बहिरङ्ग, रेडियसन, केमोथेरापी, प्रयोगशाला र शल्यक्रिया चालू रहेको जानकारी दिए ।

“लकडाउनको बेला दैनिक औसत ४० जना बहिरङ्गमा बिरामी आउनुहुन्छ”, चौबीसै घण्टा उपचार सेवा खुल्ला रहेको बताउँदै डा यादव भन्छन्, “हामीले दैनिक ३० जनालाई रेडियसन र १५ जनालाई केमोथेरापी सेवा दिइरहेका छौँ ।”

चितवन, भक्तपुर र भारतको विभिन्न अस्पतालमा रेडियसन र केमो लिइरहेका बिरामी कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा पूर्वाञ्चल क्यान्सर अस्पतालमै आउने गरेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए । अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा चालु रहेको र बिहान ८ देखि बेलुका ६ बजेसम्म क्यान्सर रोगका विशेषज्ञ डाक्टर अस्पताल मै रहने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

झापाको कमल गाउँपालिकामा बस्नुहुने आफ्नी आमा प्रेमकुमारी खतिवडाको नाकको क्यान्सर उपचारमा आउनुभएकी काठमाडौँकी खिला खतिवडाले बन्दाबन्दीका बेला अन्यत्र धाउनु परेको भए मुस्किल हुने जनाउँदै विर्तामोड मै भर्खरै सञ्चालनमा आएको अस्पतालमा उपचार पाउनु धेरै दृष्टिकोणले सुविधाजनक भएको बताउनुभयो । उहाँले बन्दाबन्दीका बेला १८ पटक रेडियसन र केमो दिन पाएको जानकारी दिनुभयो ।

बन्दाबन्दीका बेला क्यान्सरका बिरामीले उपचार नपाएर छटपटाउनु नपरोस् भनेर स्वास्थ्यकर्मीको जनशक्ति, औषधि र जाँचको प्रबन्ध पर्याप्त र भरपर्दो बनाइएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए । उनका अनुसार भारत र मुलुकका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामी बन्दाबन्दीका कारण सहज उपचार खोज्दै पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेका छन् । जुनसुकै अस्पतालमा उपचार गराएर हाल घरमा रहेका क्यान्सरका बिरामीले मोवाइल फोनमार्फत परामर्श लिन सक्ने व्यवस्थासमेत मिलाइएको जनसम्पर्क अधिकृत गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरेसको समान मत

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित न्युयोर्क

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन), विश्व वातावरण कानुन आयोगले लगानी सहजीकरणसम्बन्धी

लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु

म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक

पन्ध्र शय्याको मध्यविन्दु अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या

नवलपरासी। बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा