वीरगंजमा ३७, ५५ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण
काठमाडौँ । पर्साको वीरगञ्जमा तीन जनामा कोरोना संक्रमण भएको छ । वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुको थ्रोट स्वाब सुरुमा कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।
त्यहाँ रिपोर्ट पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमूना परीक्षण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको हो । मन्त्रालयले आइतबार दिउँसो उसको आधिकारिक फेसबुक पेजमार्फत कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । ती मध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् ।