मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौँ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँग सहकार्य गर्ने निर्णय गरी समिति गठन गरिएको जनाएको छ । आयोगद्वारा जारी विज्ञप्तीमा समितिले कोभिड–१९ विरुद्ध लड्न सरकारबाट भइरहेका काम, स्वास्थ्योपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, न्याय प्रशासनमा पहुँच, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको कर्तव्यलगायतका विषयमा अनुगमन गरी आयोग र सरकारलाई आवश्यक सुझाव दिने उल्लेख छ ।

समितिमा आयोगका सदस्य गोविन्द शर्मा पौड्याल, सचिव वेद भट्टराई, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौड्याल, महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश बिष्ट, गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामा, महासचिव रामप्रसाद सुवेदी र आयोगका निर्देशक टीकाराम पोखरेल सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन

साहित्यकार क्षेत्रीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा