शुक्रबार र शनिबार गाउँ फर्किन चाहनेलाई जान नदिइने



काठमाडौं । काठमाडौं लकडाउनका कारण अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय गरेको थियो ।
तर एकाएक फेरि सरकारले यो निर्णय फिर्ता लिएको छ । प्रदेशबाट यो निर्णयको विरोध भएपछि घर पठाउने निर्णयबाट सरकार पछि हटेको बताइएको छ ।
हेर्नुस् ईश्वर पोखरेलले जारी गरेको विज्ञप्ती

‘ भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बस र टिपर ठोक्किँदा बाँकेमा पाँच जनाको मृत्यु

नेपालगंज । बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको

नेपाली महिला टोली पहिलोपटक अन्नपूर्ण हिमालको चुचुरोमा

काठमाडौं । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा शुक्रबार  पहिलो पटक

थप ८३६ जनामा कोरोना संक्रमण, २०८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा शुक्रबार थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संसदीय सुनुवाई समितिबाट सुवेदी र चुँडालको नाम सर्वोच्चको न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीको