‘मुलुकलाई पार्टटाइम होइन, फुलटाइम प्रधानमन्त्री जरूरी छ’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकलाई सक्रिय प्रधानमन्त्री आवश्यक भएको बताएका छन् । ट्वीट गर्दै भट्टराईले कोरोना महामारीका बेला प्रधानमन्त्री सक्रिय हुनुपर्नेमा त्यसो नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘ लामो खुला सीमाना रहेको स्थितिमा लकडाउनको अवधि लम्ब्याउनु अनिवार्य हो!सबैले पालना गरेका छौंःअझै सावधानीपूर्वक गरौं! तर भारतीय सीमामा अलपत्र रहेका,वेरोजगाररविपन्नरअशक्तको व्यवस्थापन सुधार्नु छ! परीक्षण बढाउनु छ! स्वास्थ्यकर्मीलाई साधनसम्पन्न गर्नु छ ! फुलटाइम प्रम जरूरी छ ! चेतना भया !’

दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि प्रधामन्त्री केपी शर्मा ओली आराम गरिरहेका छन् । जसका कारण पनि प्रधानमन्त्री निष्क्रिया जस्तै देखिएका छन् । नागरिकस्तरबाट समेत प्रधानमन्त्री निष्क्रिय भएको आवाज उठ्न थालेको छ । प्रधानमन्त्री निष्क्रिय भएकै कारण औषधि खरिद प्रक्रिया विवादमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड

बाराको नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीप मण्डलको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा