नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण गरी सरकारलाई अघि बढ्न बरिष्ठ नेता नेपालको आग्रह



आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,
१.विश्वभरि नै महामारीको रूप लिएको COVID-19 (कोरोना भाइरस)को प्रकोप नियन्त्रणका लागि यहाँहरूले देखाउनुभएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन अझै केही दिन घरभित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा बिश्व स्वास्थ्य संगठनका निर्णय एवम् निर्देशनहरूलाई पालना गर्न समेत पुन: आह्वान गर्दछु ।

२. लामो समयसम्मको लक डाउनका कारण दैनिक ज्याला मजदूरी गरेर खाने, विपन्न तथा गरीब परिवारहरूलाई राहत प्रदान गर्दै आ-आफ्नो टोल/गाउॅ एवम् नगरलाई सुरक्षित राख्न पहल गर्नुहुने स्थानिय सरकार सहित तीनै तहका सरकाहरू, टोल सुधार समितिहरू, सहयोगी व्यक्ति तथा संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अझै पनि वास्तविक भोका श्रमजीवी जनता बीच पुग्न बाँकी भएमा पुग्न, दोहोरो भएको भए त्यसलाई सच्याउन र यस कार्यलाई कम्तिमा गरीखाने वातावरण नहुन्जेल कायम राख्न पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।

.KOVID-19 को संक्रमण देखिएका सम्पूर्ण दाजुभाई दिदि बहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै सरकारले बनाएका तथा सेल्फ क्वारेन्टाइनमा बस्नुभएका सबै प्रति सम्मान प्रकट गर्दछु ।

.कोरोनाको कारण निधन भएका संसारका विभिन्न भागमा बसोबास गर्ने नेपालीहरू सहित सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । संक्रमण देखिएका संसारभरका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।साथै पर्यटन, अध्ययन तथा अन्य कामले गर्दा देश बाहिर रहनुभएका नेपालीहरूको स्वास्थ्य, सुरक्षा, भिसा तथा अन्य समस्याका सन्दर्भमा सचेत पहल गर्न सम्बन्धित देशका सरकार एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउॅछु ।

.COVID-19 भाइरस जो कसैलाई पनि लाग्न सक्छ र यो आफ्ना कारण उत्पन्न हुने होइन भन्ने कुरालाई हृदयङ्गम गरी कसैलाई पनि यसको शंका लागेमा त्यसलाई नलुकाउन, कुनै प्रकारको हिनताबोध नगर्न, उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछु । आशा छ आधुनिक विज्ञानले संसारभर गरीरहेको प्रयास एवम् मानव जगतको सावधानीपूर्वक क्रियाकलापले हामी यस भाइरसमाथि विजय प्राप्त गर्नेछौं ।

६.विदेशबाट आएका ब्यक्तिबाट नेपालमै रहेका ब्यक्तिमा संक्रमण भएको पुष्टी भैसकेको सन्दर्भलाई दृष्टिगत गरी विदेशबाट आएका र उहाॅहरूको सम्पर्क भएका सम्पूर्ण दाजुभाई तथा दिदि बहिनीहरूलाई अनिवार्य रूपमा तोकिएको अवधि तोकिएका स्थान वा सेल्फ क्वारेन्टाइनमा बस्न र आफु एवम् समाजलाई यस महामारीबाट जोगाउन बिशेष अपील गर्दछु ।

७.कठीन परिस्थितिमा आगामी संभावनाहरूको राम्रो विश्लेषण गरी राज्यका सम्पूर्ण निकायहरूको सुरक्षित एवम् प्रभावकारी परिचालन गर्न, परीक्षणको दायरालाई फराकिलो बनाउन, चिकित्सकहरू, फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मीहरू, सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीहरू तथा अत्यावश्यक सेवा प्रदान गर्नेहरूको स्वास्थ्य सुरक्षामा थप ध्यान दिन तथा अत्यावश्यक उपभोग्य बस्तुको मूल्यबृद्धि एवम् अभाव हुन नदिन तीनै तहका सरकारहरू सहित सम्बन्धित सबैको पुन: ध्यानाकर्षण गराउॅछु ।

८.विपद्को बेला मानिस धेरै संवेदनशील हुन्छ, यस्तो वेला सरकारले आफ्ना सीमित स्रोत साधनका बीच पनि रोकथाम, नियन्त्रण र उपचारका संभव सबै उपायहरू पारदर्शी रूपमा अवलम्वन गरी वास्तविक अभिभावकत्वप्रदान गर्नुपर्दछ । हालसम्म गरिरहेको प्रयासका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै राज्यका परिभाषित काम गर्ने अंगहरूको सवलिकरण एवम् उच्च मनोवल सहितको द्रुत परिचालन, कुनै प्रकारको संशय वा द्विविधा उत्पन्न नहुने निर्णय प्रक्रिया, नेतृत्वका बीचमा पर्याप्त छलफल र विश्लेषण, बिशेषज्ञ सेवाको पूर्ण उपयोग, समाजका सबै तह, वर्ग र समुदायको विश्वास आर्जन गर्ने कार्यप्रणाली, जिम्मेवारीपूर्ण अभिब्यक्ति, अन्तर्राष्ट्रिय सहयोगको समन्वय जस्ता बिषयमा देखिएका कमजोरी तत्काल सच्याएर जनताको विश्वास जित्न नेपाल सरकारको बिशेष ध्यानाकर्षण समेत गराउॅछु ।

माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता, नेकपा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय

बागलुङमा ३८ वनमा आगलागी, १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

  मलेखु (धादिङ) । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको

निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री