वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण बढ्न नदिन सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो । छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

त्यस्तै सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोना भाइरस (कोभिड(१९) का कारण प्रतिनिधिसभा बैठक चैत ७ गतेयता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यसअघि नै सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा