काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालद्वारा पदबहाली



काठमाडौं । काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालले सोमबार बहाली गर्नुभएको छ । नेपाल सरकार, मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो । यस अघि उहाँ नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत थिए ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् । २०७२ सालको महाभूकम्पका समयमा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने, ‘चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता मेरा प्रमुख बाटा हुन् । जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिकोमाध्यमबाट व्यवस्थित गराउन चाहन्छु यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु ।’

उनले २०७२ सालको भूकम्पबाट सृजना भएको बिपत्तिलाई मैले काठमाडौंमा बसेर व्यवस्थापन गरेको र अहिलेको बिपत्तिको प्रकृति फरक भएको तर, समन्वय र कार्यकुशलताले यसलाई सजिलै व्यवस्थापन गर्ने बताए । उनले भने, ‘म यहाँका १८ सय बढी कर्मचारीको नेतृत्व गर्न सक्छु । तपाईहरुले जनप्रतिनिधि र जनताले अपेक्षा गरेको परिणाम ल्याउन सहयोग गर्नोस् । जनतालाई आपत परेको बेला हामी सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । काठमाडौंले अरुलाई सिकाउनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका