औषधि खरिद प्रक्रियामा मध्यस्तकर्ताको प्रयोग गर्दैनौंः नेपाली सेना



काठमाडौँ । नेपाली सेनाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्य पर्ने स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई द्रूत गतिमा अघि बढाएको जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइतबार भिडियो कन्फरेन्स मार्फत् मन्त्रिपरिषद्को बैठकमार्फत कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सरकार–सरकार (जीटुजी) प्रक्रिया मार्फत् खरिद गर्न निर्देशन दिएपछि आफूहरुले खरिद प्रक्रियालाई द्रूत गतिमा अघि बढाएको जानकारी दिएका हुन् ।

खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य संगठनका मान्यता प्राप्त सामाग्रीहरुमात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलीमा मूल्य निर्धारण गरिने, यातायातको छुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्ति गर्ने योजना रहेको उनले बताए ।

खरिद प्रक्रियालाई सार्वजनिक खरिद ऐनको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढंगबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाइएको र खरिद गरिने सामग्रीको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीसहितको गुणस्तर नियन्त्रण समिति गठन गरी कार्य सम्पादन गर्ने योजना रहेको उनले बताए ।

पाण्डेले आफूहरुविरुद्ध भइरहेको आलोचनालाई सेनाले नजिकबाट अवलोकन गरिरहेको समेत बताए । प्रवक्ता पाण्डेले मुलुकमा समस्या पर्दा सेनाले नागरिकको सहयोग गर्नु पर्ने उल्लेख गर्दै राष्ट्रिय सुरक्षाको बृहत घेराभित्र नागरिकहरुको सुरक्षा पनि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको

प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व