सबैको स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कतै अन्य बिरामीलाई अस्पतालले उपचार नगरेको त कतै स्वास्थ्यकर्मीलाई घरधनीले घरमा बस्न नदिएको भन्ने जस्ता गुनासा आएको भन्दै जनताको स्वास्थ्यको अधिकार रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ती जारी गरी कोरोनाभाइरस सङ्क्रमणका कारउण देशभरिका कतिपय ठाउँमा अन्य रोग लागेका विरामीलाई अस्पतालको गेटबाट फर्काइएका घटना सार्वजनिक भएका भन्दै सरकारलाई उनीहरुको उपचारमा ध्यान दिन आग्रह गरेको हो ।

मिर्गौला, क्यान्सर, क्षयरोग, एड्स, मधुमेह, उच्चरक्तचाप, मानसिक रोग जस्ता रोगहरूबाट पीडितहरूको उपचार तथा औषधीको अपर्याप्तताको कारण बिरामीहरूमा समस्या उत्पन्न हुन थालेको उजुरी प्राप्त भएको आयोगले जनाएको छ ।

आयोगको विज्ञप्तीमा भनिएको छ, ‘विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम, नोवेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु हुन गएको, काठमाडौँ उपत्यकास्थित समिट, सिभिल, नर्भिकलगायतका अस्पतालहरूले बहिरङ्ग सेवा बन्द गरि बिरामीलाई फर्काएको, बिरामीहरूले एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको तथा कतिपय घरधनीले स्वास्थ्यकर्मीहरूलाई घरमा बस्न नदिएको जस्ता समाचारहरूप्रति पनि आयोगको ध्यानाकर्षण भएको छ ।’

आयोगले सबै स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षाको सुनिश्चितता, एम्बुलेन्स चालक लगायत सुरक्षाकर्मीहरूलाई आवश्यकता अनुरूप व्यक्तिगत सुरक्षा कवचको उपलब्धता र उनीहरूबाट हुने नियमित सेवा प्रवाहमा आफू विश्वस्त हुन चाहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।