स्वास्थ्य मन्त्रालयअन्तर्गतका ३८ निकायको बजेट रोक्का
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २० गतेसम्म बोलपत्र भइसकेका तथा दायित्व सिर्जना भएका बाहेक बाँकी बजेट रोकिदिएको छ। मन्त्रालयले आफू मातहत पर्ने ३८ वटा निकायको विनियोजित बजेट रोकेको हो।
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले अत्यावश्यक खर्च गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै मन्त्रालयले ती निकायको बजेट रोकेको पत्र पठाएको छ। अर्थ मन्त्रालयबाट चैत २० गते प्राप्त पत्रसमेत संलग्न गरेर स्वास्थ्य मन्त्रालयले बजेट रोक्का भएको जानकारी गराएको हो।