धुलिखेल अस्पतालमा सातामा दुई दिन कोरोना परीक्षण हुने



बनेपा । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले जानकारी दिए । पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको उनले बताए । उनका अनुसार अस्पतालमा आजबाट कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भइसकेको छ ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो । धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ ।

यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब बागमती प्रदेशभित्रका सबै अस्पतालमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु हुने

  भक्तपुर । बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८

मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा