नेपालमा कोरोनाका नयाँ तीन जना संक्रमित फेला



काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा थप तीन जना कोरोना भारइस संक्रमित फेला परेका बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा तीन जना नयाँ संक्रमित फेला परेका जानकारी दिइएको हो ।

संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

यी महिला यसअघि कैलालीमा भेटिएका संक्रमित पुरूषकी आफन्त भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
यसअघि नेपालमा छ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकजना उपचारपछि निको भइसकेका छन् भने अन्यको उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाको उपेन्द्र यादव पक्षद्वारा आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पार्टीको आधिकारिकता दावी गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले विश्वासको मत पाएका छन् ।

‘तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन, काठमाडौंको मानसिकतानै संघीयता विरोधी’

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा १० हजारको एकैदिन एन्टिजेन परीक्षण गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकैदिन