अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अविलम्ब वीमा गर्न राप्रपा अध्यक्ष राणाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले ज्यानको जोखिम मोलेर अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि विलम्ब नगरी वीमाको व्यवस्था गर्नु पर्ने बताएका छन् ।

‘स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशिघ्र वीमाको व्यवस्था गर्नुपर्दछ,’ अध्यक्ष राणाले बिहीबार भने । ‘जनता सहयोग गर्न तत्पर छन्, ढिला गर्न बुद्धिमानी हुने छैन ।’

विभिन्न काम व्यवसायका कारण भारतमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश फर्कन रोक लगाउन नहुनेमा राणाले जोड दिएका छन् । ‘क्वारेन्टयनलगायत स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकल पूरा गरेर सीमाक्षेत्रमा अलपत्र नागरिकहरूलाई मातृभूमि प्रवेश गराउने प्रबन्ध मिलाउनु पर्दछ,’ उनले ट्वीट गर्दै भने ।

संक्रमणको महामारीमा ठूलो जोखिम मोलेर अग्रमोर्चामा कार्यरत डाक्टर, नर्स, सुरक्षाकर्मी, सहयोगी सबैले सुरक्षित महसुस गरे देश सुरक्षित रहने अवस्था छ । यसै यथार्थलाई मध्यनजर गर्दै अध्यक्ष राणाले चाँडोभन्दा चाँडो वीमाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘कोरोनाविरुद्ध अंग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सरकारले यथाशिघ्र वीमाको व्यवस्था गर्नुपर्दछ । क्वारेन्टायनलगायत सबै प्रोटोकल पूरा गरेर सीमाक्षेत्रमा अलपत्र नागरिकहरूलाई मातृभूमि प्रवेश गराउनु पर्दछ । जनता सहयोग गर्न तत्पर छन्, ढिला गर्न बुद्धिमानी हुने छैन ।’

कोरोना महामारीसँग संघर्षरत देशहरूमा स्वास्थ्यकर्मीका सेवासुविधा, सुरक्षाका लागि विशेष व्यवस्था अवलम्बन गरिएको छ । भारतको दिल्लीमा बुधबार मात्रै अरविन्द केजरीवालले, कोभिड उपचारको क्रममा मृत्युवरण गर्ने स्वास्थ्यकर्मीका परिवारलाई एक करोड भारतीय रूपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका

धनबहादुर वली लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार

वाग्मती पुलको बिम चर्किएपछि मर्मत सुरु

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती नदीको