आयल निगमले पेट्रोल, डिजल र मटितेलमा प्रतिलिटर दश रुपैयाँ मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य घटाएको छ । कोरोना भाइरसको महामारीका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटआएसँगै निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल र डिजल मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको जनाएको छ ।