स्वास्थ्य सेवा विभागद्वारा मेडिकल सामग्री खरिद सम्झौता रद्द



काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र उपाचारका लागि मेडिकल सामग्री खरिदका लागि गरेको सम्झौता रद्ध गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले खरिद सम्झौता रद्द गरेको जानकारी दिएका हुन् ।

सम्झौता गरेको कम्पनीले ३० तारिखसम्म सामग्री ल्याउनुपर्नेमा ल्याउन नसकेकाले सम्झौता रद्द गरेको बताए । उनले अब सामग्री खरिदका लागि आह्वान गर्ने र पाँच दिनभित्र ल्याउन समयसीमा दिइने बताए । उनले भने, ‘३० तारिख सम्म ल्याउनुपर्ने थियो । उहाँहरुले दश प्रतिशत ल्याउनुभएको छ । बिहीबार दोस्रो लट ल्याउनुपर्ने छ तर उहाँहरुले ल्याउने सम्भावना छैन । उहाँहरुको अब धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया सुरु भइसकेको छ ।’

सरकारले औषधि खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबिसिआई)संँग सम्झौता गरेको थियो । मेडिकल सामग्री खरिदलाई लिएर सरकारको सर्वत्र आलोचना भएको थियो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरीसमेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको

नेपाललाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्ने सरकारको तयारी

  काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले

शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने