वीरेन्द्र सैनिक अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि २० श्ययाको हाइ केयर सघन उपचार कक्ष बनाइने



काठमाडौं । नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोना संक्रमितको उपचारका लागि २० श्ययाको हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु गरेको छ । सरकारको १० करोड र बाँकी सेनाको खर्चमा अस्पताल परिसरमा सेनाले सघन उपचार कक्ष निर्माण सुरु गरेको सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डले जानकारी दिए ।

त्यस्तै १०० श्य्यासम्मको आइसोलेसन कक्ष विस्तार भइरहेको सेनाले जनाएको छ । यसअघिसेनाले कोरोना संक्रमितहरुको उपचारका लागि सैनिक अस्पताल छाउनीमा १० श्य्याको आइसोलसन कक्ष निर्माण गरेको थियो । छाउनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि गरिएको तयारीको मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मी र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले स्थलगत निरीक्षण गरेका छन् ।

सेनाका महासेनानी डा श्रीजन पाण्डेले कोरोना संक्रमितको उपचारका लागि सवै पूर्वाधार तयारी अवस्थामा रहेको जानकारी दिए । कोरोनाको आशंकामा आएकालाई आइसोलसन युनिटमा उपचार गर्ने र रिपोर्ट पोजेटिभ आएको अवस्थामा अर्को वार्डमा सिफ्ट गर्ने व्यवस्था मिलाइएको बताए । त्यस्तै कोरोना परिक्षणका लागि ल्यावको सवै तयारी पुरा भएको पनि उनले बताए ।

क्वारेन्टाइनमा कोरोना भाइरसक संक्रमणको जस्तै लक्षण देखिएका बिरामीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिन्छ । यदि कोरोना संक्रमण पुष्टि भएमा आइसोलेसन कक्षमा राखेर थप उपचार गरीन्छ । यसअघि सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारी अस्पतालहरुलाई क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास