पुलिस हो पुलिस हजुर सेना होइन



कोरोना भाइरसको महामारी रोक्न सरकारले मुलुकलाई लकडाउन घोषणा गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले दश बुँदे निर्देशन जारी गरे । प्रधानसेनापति थापाले कोरोना रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिए । प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”

आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका थिए । प्रधानसेनापतिको निर्देशनमा भनिएको छ, “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् ।” सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् । उनले भनेका छन्, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।”

किनकी सेना कोरोना रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिनुपर्ने थियो । त्यसै अनुसार सेनाले काठमाडौंसहित देशभर क्वारेन्टाइनस्थल निर्माण गरी तयारी गरेको थियो । लकडाउनपछि सेना, नेपाल प्रहरी सबै महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका छन् । यस कार्यका लागि उनीहरुलाई सलाम गर्नैपर्छ । सेनाको नेतृत्वले निर्देशन जारी गर्यो नागरिकलाई राम्रो व्यवहार गर्नुभनेर र उसबाट कुनै त्यस्तो अप्रिय घटना भएको विवरण आएका छैनन् ।

तर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्वले कुनै त्यस्तो निर्देशन सर्कुलर गरेको पाइएन । जसको परिणाम लकडाउनका बेला अमानवीय घटना भएका दृष्य देखिएका छन् । कतै ग्याँस सिलिण्डर लिएर हिंडेकालाई कुटपिट गरिएको छ भने कहीं औषधि खरिद गरी फर्केकालाई अमानवीय तरिकाले कुटपिट गरिएको छ । लकडाउन भनेको कफ्र्यू होइन । सबै शिक्षित, सूचनाको पहुँच नभएका पनि त छन् ।

अत्यावश्यक कामले मात्र निस्कन्छन् मानिस घर बाहिर । त्यसरी निस्कनेलाई सम्झाउने बुझाउने गर्नुपर्ने हो । तर अधिकार पाइयो भनेर यस्तो अमानवीय काम गर्दा पनि नेतृत्व सधैं निलम्बन गर्ने र छानविन गर्नेभन्ने बाहेक केही गर्दैन । सप्तरीको बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरीले कुटपिट गरेका हुन् । घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिट भएको बताइएको छ । हेर्नुस् त दृष्य

कति ठाउँमा प्रहरीले ग्याँस सिलिण्डर बोक्न सहयोग गरेको खाना खुवाएको, पानी खुवाएका दृष्य पनि देखिएका छन् । तर अमानवीय घटनाले ती सबैलाई ओझेलमा पारेको छ । नेतृत्वले अब गायिका आस्था राउतले भनेको कुरा मनन् गर्ने हो कि ? नत्र घटना भएपछि विज्ञप्ती निकालेर छानविन गर्छौं भनेर कति भनिरहने ? कि कसो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङको बडिगाडमा जिप दुर्घट, दुईजनाको मृत्यु, पाँच घाइते

  ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको

बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा सदैव प्रतिबद्ध

ठमेलमा प्रहरी कुटपिटमा संलग्न अखिल नेता धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले