सही कुरा के हो ?



योगेश भट्टराई, पर्यटनमन्त्री

भरत दाहालको फेसबुकमा नेपाल एयरलाईन्सलाई स्वास्थ्य मन्त्रालय मार्फत गरिने भुक्तानीका बारेमा मलाई जोडेर लेखिएको कुरा पुरा पुर झुठ हो । स्वास्थ्य मन्त्रालय मार्फत अर्डर गरिएका स्वास्थ्य सम्बन्धि सामाग्री लिन नेपाल एयरलाईन्सको जहाज आज चिनको ग्वान्जाओ गएको सांचो हो । सामाग्री ल्याउन जिम्मा पाएको संस्था/ ब्यक्तीले एयरलाईन्सलाई कार्गो बापत तिर्नु पर्ने रकम आज शनिबार परेकोले जम्मा गर्न नसक्ने भनेको तर COVID 19 का लागि अतिआबश्यक सामाग्रीहरु यथासिघ्र ल्याउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालयको बिश्वसमा पछि स्वास्थ्य मन्त्रालय मार्फत सिधै नेपाल एयरलाईन्सलाई भुक्तनी गर्न पनि सकिने सर्तमा जहाज उडाउन मैले अनुरोध गरेको हुँ ।

मुलुकको अवस्था र आपतकालीन स्थितिलाई बुझेर मैले जे गरे ठिकै गरेको छु । नेपाल एयरलाईन्सले कार्गो बापत प्रचलित मुल्य लिनेहो र त्यो रकम सम्बन्धित संस्थाले तिर्ने हो । मैले कुनै लिखित आदेश गरेको छैन र मुल्य मैले तोक्ने पनि होइन । अड्कल पन्डितहरुलाई यो कुरा राम्ररी जानकारी होस् ।

मन्त्रीज्यू, मेरो होइन समाचारको खण्डन गर्नुहोस् !

‘मन्त्री भट्टराईले स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका सामाग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज RA4171 ग्वाञ्जाओका लागि उडेको कुरा आफ्नो फेसबुकमा लेखेका छन्। के मन्त्री भट्टराई स्वास्थ्य मन्त्रालय मातहतस्तरीय मन्त्री हुन वा प्रधानमन्त्री मातहतका मन्त्री ? किन उनले स्वास्थ्य मन्त्रालयको अर्डर पालन गरे ? स्वास्थ्य मन्त्रालयको अर्डर नम्बर कति हो ? स्वास्थ्य मन्त्रालयले कुन प्रक्रिया मार्फत चीनबाट सामान ल्याउन लागेको हो ? स्वास्थ्य मन्त्रालयले चीनबाट सामान ल्याउन लागेको हो कि ब्यापारीले ल्याउन लागेका हुन् ? स्वास्थ्य मन्त्रालयले अर्डर गरेको सामान लिन गएको भए स्वास्थ्य मन्त्रालय र चीनको कुन कम्पनीबीच कुन प्रक्रिया मार्फत सामान ल्याउन लागिएको होरु त्यो पनि स्पष्ट गर्नुपर्छ। मन्त्रीको उल्लेखित भनाइले गम्भीर चलखेल भएको पुष्टि गरेको छ।’

‘उनले सरासर झुठो कुरा लेखेका छन्। अर्कोकुरा मन्त्री भट्टराई देशका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन्। देशको मन्त्रीले आफूविरुद्धको आरोपको खण्डन गर्न वा जवाफ फर्काउन किन फेसबुकलाई रोजे ? फेसबुकमार्फत जवाफ फर्काउने बहानामा भरत दाहालका विरुद्धमा जनआक्रोश उत्पन्न गराउने आपराधिक मनसाय त होइन ?

भरत दाहाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै

मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  ३२

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

  काठमाडौँ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि