बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्नुस्ः प्रधानसेनापति



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ रोगको महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण गर्ने राष्ट्रिय लडाइँमा सैनिक सहयोगका लागि खट्टिने सकलदर्जालाई बहादुरी होइन, बुद्धि र विवेक प्रयोग गर्न निर्देशन दिएका छन् ।

प्रधानसेनापति थापाको दश बुँदे निर्देशनमा भनिएको छ, “सरकारले गरेको लकडाउन महामारी फैलिनबाट रोक्न राष्ट्रकै लागि अवसर र चूनौती दुवै हो, नागरिकको सेवामा समर्पित हुँदा आफ्नो सुख सुविस्ता भुली सदैव सर्वाेच्च सेवाभाव देखाउनुहोस् ।”

आफ्नो राष्ट्रको सेनाको उपस्थितिले मात्रै पनि कतिपय नागरिक आश्यस्त हुन्छन् भन्दै प्रधानसेनापति थापाले बिरामीले पनि निको भएको अनुभव गर्ने हुनाले नागरिकप्रति सधैँ सदाचार, भद्र व्यवहार र मानवीयता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रधानसेनापतिले भनेका छन्, “आफ्नो बोली र व्यवहारले मात्रै पनि अरुको सोचमा परिवर्तन ल्याउन सकिन्छ, आ–आफ्नो दैनिकिमा परिवर्तन गर्न सबैलाई अभिप्रेरित गर्नुहोस् । ” सङ्कटको अहिलेको घडीमा संयम् र धैर्यता देखाउन निर्देशन दिँदै उनले कठिन समय केही समयको लागि मात्रै हो भन्ने सदैव ख्याल राख्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, “सबै नागरिकप्रति सदैव आदरभाव देखाउनुस्, आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नागरिकको स्वास्थ्य उपचारमा लाग्ने स्वास्थ्यकर्मीलाई उच्च सम्मान गर्नुस् ।” सहकर्मीप्रति सदैव सहयोगी भावना राख्न, सैनिक सेवाको मर्यादा र धर्म बुझेर काम गर्न निर्देशन दिँदै उनले बिसञ्चो भएमा घर ब्यारेकमा नै बस्न, आवश्यक भए परीक्षण गराउन र शारीरिक दूरी कायम हुने गरी आफूलाई आइसोलेसनमा राख्न सल्लाह दिएका छन् ।

प्रधानसेनापति थापाले आफूलाई सुरक्षित राख्न व्यक्तिगत सरसफाइ उच्चस्तरमा राखी अरुसँग सदैव डेढ मिटर भन्दा बढी शारीरिक दूरी कायम गर्न सुझाव दिएका छन् । प्रधानसेनापतिले भनेका छन्, “सङ्कटको यो घडीमा आफ्नो परिवार, समुदाय र राष्ट्रलाई जोगाउन सबैभन्दा पहिला आफूलाई जोगाउनुहोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिडविरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यक्तिको विवरण

विगतका गरिएका सिफारिस कार्यान्वयन गर्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विगतका गरेका सिफारिस तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम भूमिका निर्वाह गर्न सशस्त्र

निर्वाचनपछि फेरि बहुमतको सरकार बनाउछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका