उत्पादन, ढुवानी र किनमेलको आवागमनलाई सहज बनाउने सरकारको निर्णय



काठमाडौं । नोभल कोरोना रोगको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोेजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले कोभिड–१९ नियन्त्रण नियन्त्रणका लागि हालसम्म गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको समन्वय समितिको बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट नागरिकलाई परेको प्रभावबारे विभिन्न कोणबाट छलफल गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

समितिले मानिसको आवागमनलाई नियन्त्रण गरेर दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई नियमित गर्नुपर्ने चुनौतीका बीचमा पनि अत्यावश्यक सामग्रीको उत्पादन, ढुवानी र वितरणसँगै ग्राहकको आवागमनलाई नरोक्ने निर्णय गरेको छ । उनले भने, “कहीँकतै खाद्य सामग्रीका ढुवानीका साधन रोकिएका रहेछन्, सामान्य किनमेल गर्न जाँदा कोही रोकिएका रहेछन्, अथवा कहीँ भन्सार विन्दुदेखि बजार विन्दुसम्म अवरोध भएको रहेछ भने त्यसलाई सहजीकरण गर्ने निर्णय भएको छ ।” नागरिकले संयमित भएर, केही दूरी कायम गरेर, भीडभाड नगरी आफ्नो स्वास्थ्य सुरक्षा ख्याल गरेर मात्रै किनमेल गर्न सरकारले सुझाव दिएको छ ।

कोभिडबाट हुनसक्ने जोखिमलाई ध्यानमा राखेर ठूलो उद्योग र व्यवसाय सञ्चालन हाललाई स्थगित नै राख्नुपर्छ भन्ने समितिको निष्कर्ष छ । मुलुकका विभिन्न स्थानमा रोकिएका विदेशी पर्यटकलाई सडक र हवाई मार्गबाट उद्धार गरेर काठमाडौँ ल्याउने र उनीहरुलाई पर्यटन बोर्डले निगरानीमा राख्ने र सम्बन्धित देश पठाउन प्रयास गर्न निर्देशन दिएको छ । केही श्रमिक उद्योग एवं कारखाना बन्द भएपछि मुलुकभित्रै अप्ठेरोमा परेका श्रमिकलाई सुरक्षित ढङ्गबाट गन्तव्यसम्म पुर्याउने व्यवस्था गर्ने समितिले निर्देशन दिएको छ ।

निर्माणसम्बन्धी कार्यहरुमा कामदारको रुपमा कार्य गरिरहेका र हाल अलपत्र परेका नेपाली नागरिकहरुलाई आ–आफ्नो गृह जिल्लासम्म पुर्याइदिन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई समितिले निर्देशन दिएको हो । समितिले विदेशमा अध्ययनका लागि गएका र विखर्ची अवस्थामा रहेका विद्यार्थीलाई बाबुआमाले उनीहरुलाई खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटहीको व्यवस्था गर्न सहजीकरण गर्ने निर्णय भएको छ ।

आयात हुने सामान कलकत्ता पोर्टबाट हाम्रो भन्सार विन्दुसम्म ठूलो परिमाणमा आएता पनि ढुवानी गर्ने साधन, कामदार, भन्सार एजेन्टस् आवागमन नभएको हुँदा उपकरण छुटाउन पनि अप्ठेरो भएको सन्दर्भमा आफ्ना सामान भन्सार विन्दुबाट छुटाउनका लागि व्यवसायी र निजी क्षेत्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाइयो

झापा। वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

फिक्कल (इलाम) । इलामको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन्

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति