फिवर हबका रुपमा अस्पताल संचालन गर्न २५ अस्पताललाई दश/दश लाख प्रदान



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण भएको आशंकामा ७०० भन्दा बढीको परीक्षण गर्दा सबैको नेगेटिभ नतिजा आएको जनाएको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोनाको आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आएका ७०० भन्दा बढीको परीक्षण गर्दा कुनै पनि सङ्क्रमण फेला नपरेको जानकारी दिए ।

यसअघि नेपालमा तीन नेपालीमा कोरोना भाइरस पोजेटिभ भएको देखिएकामा एक जनालाई पूर्ण रुपमा ठीक भएको र अन्य दुई जनाको उपचार भइरहेको छ । सचिव कोइरालाले देशभर २५ अस्पताललाई ‘फिवर हब’ का रुपमा सञ्चालन गर्न तोकिएको र सञ्चालनका लागि आवश्यक उपकरण किन्न प्रत्येक अस्पताललाई १० लाख रकम उपलब्ध गराइसकेको जानकारी दिए ।

उनले धेरै डराइकन विश्व स्वास्थ्य सङ्गठनले छ फिट टाढा बस्ने, साबुन पानीले बेलाबेलामा हात धोइरहने, सकेसम्म घरमै बस्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

कस्ता हुन्छन् ‘डेङ्गु वार्निङ’ का सङ्केत ?

डा. शेरबहादुर पुन गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरगञ्ज । वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे