तीन एआइजीलाई दज्र्यानी चिह्न प्रदान



काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

उनले तारिणीप्रसाद लम्साल, शैलेश थापाक्षेत्री र हरिबहादुर पाललाई बुधबार एक समारोहबीच दज्र्यानी चिन्ह प्रदान गरे । मन्त्रिपरिषदको चैत ९ गतेको निर्णयअनुसार उनीहरु प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुको मेहनत, लगनशीलता, इमानदारिता र प्रष्ट सेवाभावको कदर स्वरुप पदोन्नति भएको प्रसङ्ग जोड्दै सङ्गठनलाई थप चलायमान बनाउनेतर्फ लाग्न निर्देशन दिए। विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको प्रकोपलाई नेपाल प्रहरीले धैर्य, निष्पक्ष, सहनशील भएर जनता र राष्ट्र सेवामा जुट्नुपर्नेमा उनले जोड दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो