खोटाङमा नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण



खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी मङ्गलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

यसअघि माउन्ट एभरेष्ट बोर्डिङ स्कूलमा निर्माण गर्ने भनिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्षले अवरोध गरेपछि कभर्ड हल सारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जानकारी दिए।
जिल्ला समन्वय समिति खोटाङको पहलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। करीब दुई घण्टाको अवधिमा क्वारेन्टाइन निर्माण गरिएसँगै जिल्लामा सञ्चालित सबै एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

यसअघि जिल्लाको एक मात्र सरकारी अस्पताल दिक्तेल बजारमा तीन शय्याको आइसोलेसन वार्ड (छुट्टै उपचार कक्ष) स्थापना गरिसकिएको छ । अस्पतालमा निर्माण गरिएको आइसोलेशन वार्ड कम क्षमताको भएपछि कभर्ड हलमा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवम् अस्पताल विकास समिति खोटाङका अध्यक्ष बबि चाम्लिङले बताए ।

कोभिड १९ को जोखिम न्यूनीकरण गर्न जिल्ला समन्वय समिति प्रमुख चाम्लिङको संयोजकत्वमा कोरोना भाइरस ९कोभिड–१९० रोकथाम नियन्त्रण जिल्ला समन्वय समितिसमेत गठन गरिएको छ । जिल्लाका दशै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालय, जिल्ला अस्पताल, रेडक्रस र उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको हो ।

यस्तै जिल्ला समन्वय अधिकारी राजेश गिरीको संयोजकत्वमा तीन सदस्यीय सचिवालयसमेत गठन गरेर सञ्चालनमा ल्याइएको छ । सरोकार निकायको बैठकले कोरोनाको जाँच तथा रोकथामका क्रममा प्रयोग गरिने व्यक्तिगत सुरक्षा सामग्रीलगायत जुटाउन सङ्घ तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

विश्वभरका भक्तजन तथा पर्यटकको भीड लाग्ने त्रिधार्मिकस्थल हलेसीसमेत रहेको जिल्लामा बिहान र बेलुका दुई घण्टा मात्र मन्दिर खुला राख्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रमुख नाकामा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

ज्ञानेन्द्र शाहीको प्रश्नः आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकमा अब दुईथरी कानुनको

समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गर्ने सहमतिपछि हट्यो सदनको अवरोध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको