स्थानीय तहसँग समन्वय गर्न तोकिए सातै प्रदेशमा सम्पर्क व्यक्ति



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोेकेको छ । मन्त्रालयका स्थानीय तथा समन्वय शाखाका प्रमुख बाबुराम अधिकारीले कोरोना भाइरस (कोभिड–१९)को सजगता, रोकथाम र नियन्त्रण गर्न तथा स्थानीय तहका समस्या समाधान गर्न समन्वयकारी भूमिका निभाउन सातवटै प्रदेशमा उपसचिवलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

उनका अनुसार प्रदेश नं १ मा उपसचिव प्रह्लादकुमार कार्की, प्रदेश नं २ मा उपसचिव ऋषिराज आचार्य, वाग्मती प्रदेशमा उपसचिव महेन्द्रकुमार सापकोटा, गण्डकी प्रदेशमा उपसचिव बाबुराम भुसाल, प्रदेश नं ५ मा उपसचिव डिलाराम पन्थी, कर्णाली प्रदेशमा उपसचिव रामप्रसाद वाग्ले र सुदूरपश्चिम प्रदेशमा उपसचिव रेशमलाल कँडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

सम्पर्क व्यक्तिले स्थानीय तहबाट प्राप्त गुनासा तथा सवालको सहजीकरणको समग्र व्यवस्थापन गर्ने, स्थानीय तहबाट अनुरोध भएका विषयमा सम्बन्धित सम्पर्क व्यक्तिबाट प्राप्त विवरणका आधारमा आवश्यक निर्णयका लागि सहजीकरण गर्ने, सम्पर्क व्यक्तिको समन्वय गर्ने र हरेक १५ दिनमा समीक्षा गरी मन्त्री र सचिवलाई प्रतिवेदन बुझाउने, प्रदेश समन्वय परिषद् वा अन्तर प्रदेश परिषद्बाट सहजीकरण वा निर्णय हुनुपर्ने विषय भए विवरण तयार गरी सम्बन्धित परिषद्मा पठाउने व्यवस्था मिलाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीयत तहको स्थलगत निरीक्षण गर्ने/गराउने छन् ।

यसैगरी कोभिड–१९ को सजगता नियन्त्रण र रोकथामका लागि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसँग समन्वय गर्ने, प्रत्येक दिन कोभिड–१९ को चेकजाँचको विवरण स्थानीय तहबाट सङ्कलन गर्ने, कोभिड–१९ सँग सम्बन्धित अन्य कुनै सूचना वा जानकारी भए सोको सङ्कलन गरी मन्त्रालयमा पठाउनेजस्ता कार्य गर्न तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले