उपभोग्य वस्तु सहजरुपमा उपलब्ध गराउन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने



काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी गराएका हुन् ।

खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको उनले बताए । मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी रहेको भन्दै यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने जानकारी उनले दिए । उनले ७७ वटै जिल्लामा गृह मन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताए ।

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो एक बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिए ।

बैठकले बजारमा दैनिक उपभोग्य समानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गूणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए । त्यस्तै कालोबजारी गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न पनि सरकारलाई निर्देशन दिइएको उनले बताए ।

कोरोना भाइरसको महामारी फैलिएको भन्दै र बजारमा दैनिक उपभोग्य अभाव नहुने गरि प्रचारप्रसार गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बैठकमा सांसदहरुले खुलेआम कालोबजारी भएपनि यसलाई नियन्त्रण गर्न चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय