चोर खोज्न बर्दीमा नेपाल छिरेका भारतीय प्रहरीले मागे माफी



सुर्खेत । भारतको हरियाणा प्रदेशस्थित एक घरमा काम गर्ने कामदार चोरी गरी फरार भएपछि खोजी गर्दै पोशाकमा दैलेख पुगेका भारतीय प्रहरीले माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार दैलेखका ती कामदारले भारतको हरियाणा प्रदेशस्थित एक घरमा परिवारलाई खानामा विष मिलाएर चोरी गरी भागेका थिए ।

घरका ७ जना सदस्यलाई उनले खानामा विष मिलाएर बेहोस बनाएर घरबाट २५ लाख भारु चोरेर भागेका एक जनाको ठेगाना फरक फरक भए पनि त्यसलाई निश्चित गर्न उनीहरू आएका साउदले जानकारी दिए ।

साउदका अनुसार प्रहरी नायब निरीक्षक विजय विवेकको कमाण्डमा अरु दुई जना जवान दैलेख आएका छन् । पोशाक नै लगाएर आएकाले आफूले सम्झाएपछि उनीहरूले माफी मागेका प्रहरी निरीक्षक साउदले बताए । साउदका अनुसार भारतीय प्रहरीसँग हरियाणा प्रदेशका एक जना स्थानीय समेत आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास