कोरोनाका कारण पर्यटन व्यवसायमा परेको समस्याको सम्बोधन गर्ने सरकारको आश्वासन



काठमाडौं । सरकारले कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीलाई आग्रह गरेको छ । सोमबार व्यवसायीसँगको छलफलमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन आग्रह गरेका हुन् ।

उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरे । उनले यसबाट व्यवसायीलाई परेको समस्यालाई सरकारले सम्बोधन गर्ने आश्वासन पनि दिएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले कोरोनाको त्रासका कारण होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । उनले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइन् ।

उनले व्यवसायीलाई परेको मार सम्बोधन गर्न सरकारलाई आग्रह गरिन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हेलिकोप्टर व्यवसाय सबैभन्दा बढी मारमा परेको गुनासो गरे ।

नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेका टिकटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडी , बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन राजनीतिक दललाई ढकालको आग्रह

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका

सार्वजनिक ऋण र बजेट घाटा बढ्नुमा संघीयता कारक

काठमाडौं । विश्व बैंकले नेपालमा लागू गरिएको संघीय प्रणालीले नीति निर्माणको प्रक्रियालाई जनताको

बैंकिङ कारोबारका लागि कामपा र एनआइसी एसिया बैंकबीच सम्झौता

काठमाडौं । बैंकिङ कारोबार गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआइसी एसिया बैंकबीच सम्झौता