कोरोनाका कारण पर्यटन व्यवसायमा परेको समस्याको सम्बोधन गर्ने सरकारको आश्वासन



काठमाडौं । सरकारले कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी दिन पर्यटन व्यवसायीलाई आग्रह गरेको छ । सोमबार व्यवसायीसँगको छलफलमा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले कोरोना भाइरसका कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन आग्रह गरेका हुन् ।

उनले भावनात्मक रुपमा भन्दा पनि प्राथमिकताका आधारमा पर्यटन व्यवसायमा परेका समस्याहरु पर्यटन मन्त्रालयसँगको सहकार्यमा सरकारलाई उपलब्ध गराउन आग्रह गरे । उनले यसबाट व्यवसायीलाई परेको समस्यालाई सरकारले सम्बोधन गर्ने आश्वासन पनि दिएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले कोरोनाको त्रासका कारण होटल व्यवसायीहरुले बैंकको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था आएको बताइन् । उनले अहिले बैंक कर्जा करिब एक अर्ब रहेको र होटलको अकुपेन्सी रेट १० प्रतिशतमा झरेकाले बैंकको किस्ता तिर्न नसक्ने अवस्था सिर्जना भएको बताइन् ।

उनले व्यवसायीलाई परेको मार सम्बोधन गर्न सरकारलाई आग्रह गरिन् । वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हेलिकोप्टर व्यवसाय सबैभन्दा बढी मारमा परेको गुनासो गरे ।

नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले धेरैजसो एयरलाइन्सले उडान रद्ध गरेका टिकटहरु समेत रिफण्ड गर्नुपर्ने अवस्था आएको बताए । उनले पर्यटन व्यवसायीहरुले तिर्नुपर्ने करमा ५० प्रतिशत छुट दिन अथवा करमा लाग्ने जरिवाना नलगाइदिन पहल गर्न बोर्डलाई आग्रह गरिरहेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सरकारको अवस्थाः आठ महिनामा सात खर्ब ३८ अर्ब आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी

आर्थिक अभावका कारण यसवर्ष गैंडा गणना नहुने

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी

चैत १५ को प्रदर्शनलाई ‘भव्य’ बनाउने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको